काठमाडौँ ।
मनसुनी वायुको प्रभावले शनिबार देशभरको मौसम प्रभावित हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो पोखरामा सबैभन्दा बढी ८० प्रतिशत वर्षाको सम्भावना रहेको छ भने काठमाडौँ, धनकुटा, जिरी र ताप्लेजुङमा ७० प्रतिशतसम्म वर्षा हुने अनुमान गरिएको छ। यस्तै, विभिन्न सहरमा ६० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि पोखरामा ७० प्रतिशत वर्षाको सम्भावना छ। काठमाडौँसहित डडेल्धुरा, दिपायल, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा, सिमरा, ओखलढुङ्गा, विराटनगर, धरान र ताप्लेजुङमा ६० प्रतिशतसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
तापक्रमतर्फ दिउँसो दिपायलमा सबैभन्दा बढी ३४ देखि ३६ डिग्री सेल्सियस पुग्ने अनुमान छ भने जोमसोममा सबैभन्दा कम २२ देखि २४ डिग्री सेल्सियस रहनेछ। राति जोमसोममा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।











प्रतिक्रिया