खोटाङ ।
कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिताका उपाधी झापाका प्रकाशचन्द्र नेपालले जितेका छन् ।
जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा दिक्तेलबजारमा आयोजित प्रतियोगितामा आठ जिल्लाका ६१ जना सहभागीलाई पराजित गर्दै नेपाल पहिलो भए । उनले ३० हजार रुपैंयाँ प्राप्त गरे ।
प्रतियोगितामा धनकुटाका सुमन श्रेष्ठ दोेस्रो भए । यस्तै, सुनसरीका ललितबहादुर राई तेस्रो भए । उनीहरूले क्रमशः १५ हजार र १० हजार नगद हासिल गरेका थिए ।
प्रतियोगितामा मोरङका उमेश राई चौथो, झापाका ज्वाला इम्बुङ पाँचौँ र इलामका सुरेन्द्रकुमार राई छैटौँ स्थानमा रहे । उनीहरुलाई क्रमश ः ८ हजार, ७ हजार ६ हजार प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै, खोटाङका धिरेन राई सातौँ तथा खिलाराज राई आठौँ, सुनसरीका किशोरदेव राई नवौँ र हलेसीका मेजर राईले दशौँ स्थान प्राप्त गरे । उनीहरूले जनही नगद पाँच÷पाँच हजार प्राप्त गरेका थिए ।
महिलातर्फ कुसुम घिसिङ पहिलो भइन् । उनले ७ हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, लिरा सेनेहाङ दोस्रो र तपस्या कार्की तेस्रो स्थानमा रहँदैं क्रमशः ५ हजार र ४ हजार नगद प्राप्त गरे ।
स्वीस लिग फरम्याट (स्वीजरल्याण्डमा प्रचलित नियम) अन्तरगत आयोजना गरिएको प्रतियोगितामा प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन निङ्मा शेर्पालाई नगद चार हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताएको छ । प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आठ जिल्लाका ६२ जना खेलाडीको सहभागिता थियो । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना, तथा प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना भएको थियो ।











प्रतिक्रिया