काठमाडौं ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार वीर अस्पतालमा सघन उपचारका क्रममा रहेका नेपालीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि शुक्रबार मृत्यु भएको हो।
नेपालीले राहदानी विभाग परिसरअगाडि शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए। घटनापछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। उनको शरीरको अधिकांश भाग जलेको थियो। आत्मदाह प्रयास गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनासँग सम्बन्धित सबै पक्षबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया