काठमाडौं ।
मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले उनको अवस्था अस्थिर रहेको र जुनसुकै बेला थप जटिल हुन सक्ने जानकारी दिएको हो।
अनुहारमा आगो लागेर श्वासप्रश्वासमा समेत असर पुगेका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल उनी वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्।
डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ स्वास्थ्यकर्मीको टोली उनको उपचारमा खटिएको अस्पतालले जनाएको छ।











प्रतिक्रिया