काठमाडौँ ।
नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ। महासचिव शङ्कर पोखरेलले सरकार संविधान संशोधनको उद्देश्य र आधारभूत विषयमा स्पष्ट हुन नसकेको भन्दै कार्यदल सदस्य डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी दिएका हुन्।
एमालेका अनुसार कार्यदलको कामकारबाही सुरुदेखि नै सन्दिग्ध देखिएको, संशोधनका विषय स्पष्ट रूपमा निर्धारण नगरिएको तथा बहसमा आएका केही प्रस्तावहरू संविधानका मूल मान्यताविपरीत रहेको भन्दै सरकारसँग स्पष्ट धारणा माग गरिएको थियो। त्यसको जवाफ नआएपछि प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरिएको पार्टीले जनाएको छ।












प्रतिक्रिया