विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौँ।

विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।

यसअघि प्राप्त म्याद सकिएपछि विभागले अनुसन्धानका लागि थप समय माग गर्दै विशेष अदालतमा उपस्थित गराएको थियो । अदालतले अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिनभएकाे हाे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।