काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त


काठमाडौं ।

सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरज शाक्य (काठमाडौं)लाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनी लामो समय कामपाको शहरी व्यवस्थापन विभाग र सार्बजनिक निर्माण विभागका विभगीय प्रमुख थिए ।