रामेछाप ।
उमाकुण्ड गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित उत्कृष्ट विद्यालय र शिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। गाउँपालिकाले तोकिएको मापदण्डका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट शैक्षिक संस्था र शिक्षकहरूको छनोट गरेको प्रमुख प्रशासकीय अधिकृत ङावा शेर्पाले बताउनु भयो ।
गाउँपालिका स्तरीय छनोट समितिको गत असार १९ गते र गाउँ कार्य पालिकाको असार २० गतेको निर्णयअनुसार उत्कृष्ट विद्यालयतर्फ श्री कैलेश्वर माध्यमिक विद्यालय (उमाकुण्ड-६, गुप्तेश्वर) प्रथम भई २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ।
त्यस्तै, श्री चण्डेश्वरी माध्यमिक विद्यालय (उमाकुण्ड-४, प्रिती) द्वितीय भई १ लाख र श्री जनता माध्यमिक विद्यालय (उमाकुण्ड-३, कुभुँकास्थली) तृतीय भई ५० हजार रुपैयाँ नगद पुरस्कारका लागि छनोट भएका छन्।
गाउँपालिकाले उत्कृष्ट ५ जना शिक्षक तथा प्रधानाध्यापकलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रोत्साहित गर्ने निर्णय गरेको छ। पुरस्कृत हुनेमा कुमार थापा (श्री जनजागृति आवि, खोलारू), जगदिश बस्नेत (श्री सिद्धेश्वर मावि, बाम्ती), इराक आङदेम्बे (श्री सिद्धेश्वर मावि, बाम्ती), प्रविणा सुनुवार (श्री जनता मावि, कुँबु) र इन्दिरा आचार्य (श्री चण्डेश्वरी मावि, प्रिती) रहेका प्रमुख प्रशासकीय अधिकृत शेर्पाले बताउनु भयो ।











प्रतिक्रिया