उदयपुर ।
उदयपुरगढी गाउँपालिका वडा नं २ र ३ स्थितमा गाउँ गाउँ सुन सफा गर्दे हिँड्ने भारतीय नागरिकहरुले सुन ठगीगरेको पाइएको छ ।
उदयपुरगढी वडा नं २ र ३ का स्थानीय महिलाहरू पेशल कुमारी मगर र मनमाया तामाङले लगाएको सुनको गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्याल्य उदयपुरले दिएको जानकारी अनुसार असार २२ गते प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूले स्थानीय दुई महिलाले कानमा लगाएको करिब १, १ तोला बराबरको सुनको बेरुवा रिङलाई विभिन्न केमिकल प्रयोग गरी सफा गर्ने बहानामा सुनको मात्रा घटाई ठगी गरेको भन्ने स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीका अनुसार सुन सफा गर्नै बहानामा सुन ठगी गरेको आरोपमा पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत (विहान थाना) बस्ने वर्ष २८ का गोविन्द कुमार साह र सोही राज्यको मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत (कुमार थाना) बस्ने वर्ष ३३ का सचिन साह रहेका छन् । ठगी कार्यमा संलग्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया