सरकारसँग ७ बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन


काठमाडौं।

सरकारसँग ७ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीले आफ्नो २४औँ सत्याग्रह अन्त्य गरेका छन्।
सोमबार राति सरकारका वार्ता टोली र प्राडा. केसी पक्षबीच ७ बुँदे सहमति भएपछि उनले धनगढीमा जारी अनशन तोडेका हुन्।

प्राडा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारलगायत विभिन्न माग राख्दै धनगढी पुगेर सत्याग्रहमा बसेका थिए। अनशन लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

सरकार र डा. केसी पक्षबीच भएको सहमतिसँगै २४औँ सत्याग्रह औपचारिक रूपमा अन्त्य भएको छ। सहमतिका बुँदाहरू सार्वजनिक भएपछि तिनको कार्यान्वयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।