वैदेशिक रोजगारको बाध्यता र युवाको पीडामा लाहुर


नेपाली रक ब्यान्ड समकालीनले नयाँ गीत लाहुर सार्वजनिक गरेको छ। जीवनका संघर्ष, बेरोजगारी, आर्थिक अभाव र वैदेशिक रोजगारीतर्फ बढ्दो आकर्षणलाई विषयवस्तु बनाइएको गीतले सार्वजनिक भएसंगै दर्शक तथा श्रोताको ध्यान खिच्न थालेको छ।

रक शैलीमा तयार पारिएको गीतले आधुनिक नेपाली युवापुस्ताले भोगिरहेको मानसिक अवस्था, सामाजिक यथार्थ र देशभित्र अवसरको अभावका कारण विदेशिनुपर्ने बाध्यतालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। गीतमा स्वर र शब्द नवराज थापा क्षेत्रीको रहेको छ भने संगीत समकालीन ब्यान्डले तयार गरेको हो।
ब्यान्डका सदस्य सारिन केसीले बास गितार र ब्याक भोकल, प्रज्वल श्रेष्ठले गितार र ब्याक भोकल, निकेश मान जोशीले ड्रम्स तथा क्षितिज शेरचनले गितार र ब्याक भोकलमा साथ दिएका छन्।

गीतका शब्दले लगातारको असफलता, आर्थिक अभाव, आप्mनै मानिसबाट टाढिनुपर्ने पीडा र भविष्यप्रतिको अन्योलको चित्रण गरेका छन्। आँसुको मूल्य हुन्थ्यो भने संसारकै धनी हुन्थें मजस्ता भावपूर्ण हरफमार्फत गीतमा युवाको मनमा लुकेको निराशा र संघर्षलाई अभिव्यक्त गर्ने प्रयास गरिएको छ। विशेषगरी गीतको मुख्य लाइन जाम कि क्या हो, म नि लाहुरले नेपालमा पर्याप्त रोजगारी र अवसरको अभावका कारण विदेशिन बाध्य भइरहेका हजारौं युवाको मनोविज्ञानलाई प्रतिनिधित्व गेको छ। लाहुरे बन्ने सपना, गाउ“घर छोड्नुपर्ने बाध्यता र राम्रो भविष्यको खोजीलाई गीतले सांगीतिक भाषामा प्रस्तुत गरेको छ। लाहुर समकालीनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।