देशभर मनसुनी प्रभाव, भारी वर्षाको चेतावनी


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार र शनिबार विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।