काठमाडौं ।
GWM को नयाँ विद्युतीय एसयूभी ORA 5 ले २०२५ लन्डन डिजाइन अवार्ड्सअन्तर्गत प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स विधामा प्रतिष्ठित ‘डिजाइन अफ द इयर’ उपाधि जितेको छ।
नेपालमा सार्वजनिक भएको एक सातामै आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र प्रिमियम फिचरका कारण ORA 5 ले अटोमोबाइल बजार तथा सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ।
एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म चल्ने क्षमता भएको ORA 5 को प्रारम्भिक मूल्य रु. ४६ लाख ९९ हजार तोकिएको छ। नेपालका लागि GWM को आधिकारिक वितरक VG Impex Pvt. Ltd. ले निकट भविष्यमै HAVAL JOLION MAX EV र HAVAL H7 समेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।











प्रतिक्रिया