उदयपुर ।
उदयपुरकाे चौढण्डीगढी नगरपालिका वडा न- ०७ र ०४ स्थितमा जंगली हात्तीहरुकाे समुहले विभिन्न व्यक्तिहरुकाे घर भत्काउनुका साथै अन्नपात नष्ट गर्दा १६ लाख २० हजारबढीकाे सम्पति क्षति भएकने छ ।




हातीहरुकाे समूह आई निम्न स्थान बस्ने निम्न मानिसहरुको घर भत्काई घर भित्र रहेको अन्नपात लत्ता कपङा, बालीनाली नष्ट गरी अ. मुल्य रु १६,२०,००० बराबरको क्षति गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुररले जनाएकाे छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट प्रहरी टोली खटिगई स्थानीयबासीको सहयोगमा उक्त हात्तीहरुलाई जंगल तर्फ लखेटेको थियो ।
हातीकाे आक्रमणबाट चौढण्डीगढी नगरपालिका वडा न ०७ लामाचौरी बस्ने खिल बहादुर मगरको भुई तल्ले भान्सा घरको टाटी बेरा भत्काई भान्साघर भित्र रहेको धान गरी नष्ट गरी अ.मुल्य रू १,००,०००।– बराबरको क्षति गरेको छ ।
सोहि स्थान बस्ने बृद्धीमाया राईको दुई कोठे घरको टिनको बेरा भत्काई घर भित्र रहेको भाडावर्तन,धान, चामल,मकै भुस नष्ट गरी अ.मुल्य रू ४,००,०००।– बराबरको क्षति गरेको छ । यसैगरी सोही बस्ने बम बहादुर बि.क.को भुई तल्ले घरको टिनको बेरा भत्काई भत्काई धान,चामल, नष्ट गरी अ.मुल्य रू २,००,०००।– बराबरको क्षति गरेको छ । सोही स्थान बस्ने रोसन बि.क.को भुई तल्ले घरको टिनको बेरा भत्काई घर भित्र रहेको लत्ताकपडा,भाडावर्तन नष्ट गरी अ.मुल्य रू २,००,०००।– बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्ययालय उदयपुरले जनाएकाे छ ।
यसतै सोही बस्ने लक्ष्मि बि.क.को भुई तल्ले घरको टाटी बेरा भत्काई धान,चामल नष्ट गरी अ.मुल्य रू३,००,०००।–बराबरको क्षति गरेको छ । सोही बस्ने बिर बहादुर मगरको कुखुराको खोर, परेवाको खोर,भान्सा घर, ५ कठ्ठाको मकै बाली नष्ट गरी अ.मुल्य रू २,००,०००।– बराबरको क्षति गरेको छ ।
सोही ठाउँ बस्ने राधा बि.क.को भुई तल्ले घरको बासको टाटि बेरा भत्काई घर भित्र रहेको चामल नष्ट गरी अ.मुल्य रू १,००,०००।– काे क्षति भएकाे छ । चौढण्डीगढी नगरपालिका वडा न. ४ बस्ने असुन्ता राईको भुई तल्ले भान्सा घर भत्काई भान्स घर भित्र रहेको धान, भाडावर्तन नष्ट गरी अ.मुल्य रू ३०,०००।– बराबरको क्षति गरेको छ । सोही स्थान बस्ने सारदा राईको भुई तल्ले घरको टाटी बेरा ,धानको बिउ, केराबारी नष्ट गरी अ.मुल्य रू ५०,०००।– बराबरको क्षति गरेको प्रहरीले जनाएकाे छ ।
हातीले चाैदणडीगढी ४ सोही स्थान बस्ने दुर्गा बहादुर बस्नेतको धानको बिउ नष्ट गरी अ.मुल्य रू २०,०००।– बराबरको क्षति गरेको छ भने सोही स्थान बस्ने सरस्वति राईको भान्सा घर भत्काई भान्साघर भित्र रहेको चामल र मकै नष्ट गरी अ.मुल्य रू २०,०००।– बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।











प्रतिक्रिया