काठमाडौ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा बदली रहने र विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ।
रातिको समयमा पनि देशभर बदली रहने तथा पहाडी र तराईका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।











प्रतिक्रिया