काठमाडौ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा बुझाएको छ।
शुक्रबार बरामद गरिएका सामानमा मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका वस्तु रहेका छन्।
गणपति एसपी सुमनजंग थापा मगरका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी तथा राजस्व छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको छ। उनले सीमा सुरक्षा र अवैध आयात–निर्यात नियन्त्रणका लागि यस्ता अभियान निरन्तर सञ्चालन भइरहने बताए।











प्रतिक्रिया