टोखा रोडमा कजारिया रमेश टायल्सको नयाँ शोरूम उद्घाटन


काठमाडौं ।

कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा स्थापना गरिएको शोरूमको उद्घाटन असार १३ गते कम्पनीका निर्देशक हिमांशु अग्रवाल तथा मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपालको उपस्थितिमा गरिएको हो।

ग्राहक–मैत्री ढाँचामा निर्माण गरिएको शोरूममा फ्लोर तथा वाल टायल्सका ३,००० भन्दा बढी आधुनिक डिजाइन उपलब्ध छन्। कम्पनीका अनुसार स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरलाई गुणस्तरीय तथा विश्वस्तरीय टायल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरूम सञ्चालनमा ल्याइएको हो।

कम्पनीले हाल नेपालभर १०० भन्दा बढी शोरूममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।