नायिका नीता ढुंगानाद्वारा निर्देशित फिल्म पार्वतीमा समावेश नौतुना रेलैमा बोलको गीत सार्वजनिक गरिएको छ।
आगामी भदौ १२ गते रिलिजमा आउने फिल्मको रत्यौली गीत फिल्म निर्माण टिमले ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरेको हो। सार्वजनिक गीतले नेपाली हिन्दुको विवाह संस्कृतिमा खेलिने रत्यौलीको माहोललाई सशक्त ढंगले प्रस्तुत गरेको छ।
गीतको भिडियोमा फिल्मकी निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुंगानाका साथमा दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, वसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठले रत्यौली खेलेका छन्। भिडियोको विशेष आकर्षणका रूपमा दीपाश्री पुरुषको भेषभूषामा प्रस्तुत भएकी छन्।
नीता महिलाकै पारम्परिक पहिरनमा देखिएकी छन्। उनीहरूबीचको रमाइलो रत्यौली प्रस्तुतिले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ।
रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा हर्क साउदको शब्दलाई दीपक शर्माले संगीतबद्ध गरेका छन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्। आकर्षक भाका र शब्दले सजिएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
निर्देशक नीता ढुंगानाकै कथा र पटकथा रहेको फिल्ममा उनीसगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका क“डेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारले अभिनय गरेका छन्।
शिवम् अधिकारीको स्क्रिप्mट रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, छाया“कन निर्देशन सुदीप बराल र सम्पादन साहिल खानको रहेको छ। हरिहर अधिकारीद्वारा निर्मित फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्।











प्रतिक्रिया