काठमाडौँ ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज अपराह्न काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा मन्तव्य राख्ने कार्यक्रम छ।
यस अवसरमा मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।











प्रतिक्रिया