पहिलो हाफमा स्पेनको अग्रता, एलेक्स बएनाको निर्णायक गोल


काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेविरुद्ध जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले १–० को अग्रता बनाएको छ।

स्पेनका लागि खेलको ४२औँ मिनेटमा एलेक्स बएनाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। त्यसपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि पहिलो हाफमा अर्को गोल हुन सकेन।

पहिलो हाफको समाप्तिसम्म स्पेन १–० ले अगाडि रहेको छ।