चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति (महिला) पदमा सोविता गौतम विजयी भएकी छन्।
शुक्रबार सार्वजनिक मतपरिणामअनुसार गौतमले ७८९ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
रास्वपाको नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा महिला उपसभापति पदका लागि गौतम र कार्कीबीच प्रतिस्पर्धा भएको थियो। मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले गौतमलाई विजयी घोषणा गरेको हो।











प्रतिक्रिया