स्याङ्जा।
स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पर्ने मिर्दि–चापाकोट सडकखण्डमा बलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा.आ.अ. ७९०५ नम्बरको डबल क्याप बलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
दुर्घटनामा परी वालिङ नगरपालिका–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा घाइते भएका १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर, ३ जनाको अवस्था मध्यम र ५ जना सामान्य घाइते भएका छन्। गम्भीर तथा थप उपचार आवश्यक रहेका घाइतेलाई पोखरा रिफर गरिएको छ भने अन्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।
दुर्घटनामा सामान्य घाइते भएका जीप चालक वालिङ–७ निवासी २८ वर्षीय मिनबहादुर सारू प्रहरी नियन्त्रणमा रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया