केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित

2.16k
Shares

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार वाग्लेले २ हजार ६ सय ५६ मत प्राप्त गर्नुभएको हो । उहाँले प्रवास समितिबाट खसेको सम्पूर्ण मत प्राप्त गर्नुभएको जनाइएको छ ।

बुधबार रातिदेखि सुरु भएको मतदानपछि मतगणना सम्पन्न भई अहिले अन्तिम मतपरिणाम घोषणा गर्ने क्रम जारी रहेको छ । केन्द्रीय समितिका विभिन्न पदका उम्मेदवारहरूको मतपरिणाम क्रमशः सार्वजनिक भइरहेको निर्वाचन आयोगले जनाएको छ ।