कोशी प्रदेशको १२ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष चयन

564
Shares

ओखलढुङ्गा ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले १२ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मनोनयन गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको यही असार १० गते बसेको बैठकले विभिन्न १२ जिल्लामा जिल्लाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष चयन गरेको हो ।

बोर्डले ओखलढुङ्गा जिल्लामा अनित गुरुङ, ताप्लेजुङमा चन्द्र कुमार थेवे, पाँचथरमा सन्तोष मोक्तान, इलाममा एतिराज काफ्ले, धनकुटामा मनोज कुमार राईलाई जिल्लामा जिल्लाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ ।

यसै गरी झापामा शेखर कँडेल, सोलुखुम्बुमा अर्जुन रोका, सङ्खुवासभामा लक्ष्मण लिङतेप, भोजपुरमा देउ प्रसाद राई, तेह्रथुममा राजकुमार नेपाल, उदयपुरमा धिरज खड्का र सुनसरी जिल्लामा केशव कुमार कार्कीलाई जिल्लाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मनोनयन गरिएको छ ।
बाँकी रहेको दुई वटा जिल्लाहरू मोरङ र खोटाङमा प्राविधिक समस्याका कारण अध्यक्ष मनोनयन गर्न नसकिएको कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्यालले बताउनु भएको छ ।

कोशी प्रदेशमा २०८२ चैत्र २३ गते देखि सबै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरूको समय अवधि सकिएको थियो । चैत्र महिनामै जिल्ला अध्यक्षहरूको पदावधि सकिएको भएपनि प्रदेश खेलकुद विकास बोर्डकै समिति लामो समय सम्म चयन हुन नसकेकाले जिल्लामा समिति गठन हुन सकेको थिएन । मनोनयन गरिएका जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरूको कार्यकाल ४ वर्षको रहने उपाध्यक्ष अर्यालले जानकारी दिनु भएको छ ।