ओखलढुङ्गा ।
जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको अध्यक्षमा अनित गुरुङलाई चयन गिरिएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको यही असार १० गते बसेको बैठकले गुरुङलाई जिल्ला अध्यक्षमा मनोनयन गरेको हो ।

ओखलढुङ्गामा २०८२ चैत्र २३ गते देखि तत्कालीन अध्यक्ष प्रवीण श्रेष्ठको पदावधि सकिएदेखि जिल्ला खेलकुद विकास समिति नेतृत्व विहीन रहेको थियो । कोशी प्रदेशमा लामो समय प्रदेश खेलकुद विकास बोर्ड गठन हुन नसकेकाले जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गा पनि केही समय नेतृत्व विहीन बनेको थियो।
गुरुङ त्रिभुवन आर्मी क्लबका पूर्व एथ्लेटिक्सको खेलाडी हुन । खेलाडीहरूको संरक्षण गर्ने अलग्गै पहिचान बनाएका गुरुङ हाल एथ्लेटिक्सको प्रशिक्षक र निर्णायकका साथै कबड्डीको रेफ्री तथा कोच समेत रहेका छन । गुरुङ अघिल्लो कार्य समितिमा जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको सदस्यको रुपमा रहेका थिए ।












प्रतिक्रिया