काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुजको जलडमरूहुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने विश्वास व्यक्त गर्नुभएको छ।
बुधबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार हर्मुज प्रयोग गर्ने जहाजहरूबाट कुनै अतिरिक्त शुल्क नलिइने बताउनुभयो। उहाँले केही सञ्चारमाध्यममा प्रकाशित समाचारहरू वास्तविकताभन्दा फरक रहेको दाबी पनि गर्नुभयो।
ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भए अमेरिका–इरानबीच जारी वार्ता तत्काल अन्त्य हुन सक्ने चेतावनी समेत दिनुभएको छ। उहाँको यो अभिव्यक्ति दुवै देशबीच क्षेत्रीय सुरक्षा र आपसी सम्बन्ध सुधारका विषयमा संवाद जारी रहेका बेला आएको हो।











प्रतिक्रिया