उदयपुर ।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले बुधबार नगरसभा तथा १७ औँ अधिवेशनमा आर्थिक वर्ष २०८३। ०८४ कालागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट नगर प्रमुख वसन्त कुमार बस्नेतले प्रस्तुत गरेका छन् ।
त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित उक्त नगरसभा तथा १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८३ । ०८४ को बजेट प्रस्तुत गर्दै नगरप्रमुख बस्नेतले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ योजना, स्थानीय सरकारसञ्चालन ऐन २०७४, संघीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम दिगो विकास लक्ष्य संघ तथा प्रदेशले जारी गरेको नीति , कानुन तथा मापदण्डहरुलाई आधार मानेर गरिएको बताए ।
बजेटमा आन्तरिक श्रोतबाट १६ करोड ५० लाख६५ हजार, राजस्व बााडफाँडबाट २३ करोड ४६ लाख ६१ हजार २सय ३८, प्रदेश सरकारको सशर्त अनुदान चालु तर्फको ५करोड ४६ लाख २४ हजार, प्रदेश सरकारको पुँजीगत तर्फको समानीकरण अनुदानमा २ करोड ३ लाख ४५ हजार प्राप्त हुने अनुमानित आयमा रहेको छ । संघीय सरकारबाट ८५ करोड ८१ लाख, बाँडफँडबाट प्राप्त हुने मुल्यअभिवृद्धि करबाट १५ करोड १० लाख ९६ हजार,अन्तशुल्कबाट ६ करोड ४७ लाख ५६हजार, सवारी साधनकरबाट १ करोड ८७ लाख ९९ हजार २सय ३८ प्राप्त हुने र चालु वर्षको बाँकी मौज्दातमो ५ करोड ४९ लाख ८८ हजार ७सय ६२ गरी कुल १ अर्ब ३८ करोड ७७लाख ७४ हजारको बजेट नगरसभामा प्सतुत गरिएको छ ।
नगरप्रमुख बस्नेतले आर्थिक विकासमा कृषि क्षेत्रमा कृषि विकास रणनीतिक योजना बमोजिमका नगरकृषि विकास कार्यक्रमहरु तजुृमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।
बजेटमा त्रियुगा नपाका १६ वटा वडाकालागि १२ करोड ९० लाख,शिक्षा क्षेत्रमा ३७ लाख, स्वास्थ्य क्षेत्रमा ५७ लाख, टोल विकास स.स्थाकालागि १४ लाख, दलितहरुकालागि ५ लाख, नगरका नेष्ठ आदिवासीहरुकालागि १० लाख ५० हजार, साहित्य संस्कृतिकालगि १० लाख ५० हजार,महिलाहरकालागि १श्७ लाख, बालबालिकाहरुलागि ४५ लाख बजेट व्यवस्गापन गरिएको छ ।
यसैगरी खेलकूद क्षेत्रकालागि ८४ लाख, युवा लक्षित कार्यक्रमकालागि ४ लाख बजेटको व्यवस्थापन गरिएको छ ।
नगरपालिकाले कृषि, पशुपालन,सहकारी क्षेत्र,उद्यमशीलता प्रवर्द्धन र रोजगारी,पर्यटन क्षेत्रमा प्राथमिकताका साथ कामगर्नै बताए ।
यसैगरुी सामाजिक विकासका क्षेत्रमा शिक्षा,युवा र खेलकुद,स्वास्थ्य,खानेपानी तथा सरसफाई,लैङ्गिक समानता तथा सामाजिक समावेशकिरण, गैर सरकारी संस्था, भाषा कला साहित्य र संस्कृति प्रवर्द्धनमा जोड दिने बताए ।
अर्को पूर्वाधार विकासमा सडक तथा पुल,सिंचाई,वैकल्पिक ऊर्जा,भवन तथा सहरी विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष काम गर्ने योजना रहेको बजेट प्रस्तुत गर्ने क्रममा नगरप्रमुख बस्नेतले बताए ।











प्रतिक्रिया