राधिका र परिधि मङ्गलादेवी स्मृति बुद्धिचालको शीर्ष स्थानमा


काठमाडौँ।

मङ्गलादेवी स्मृति खुला महिला रेटिङ बुद्धिचाल प्रतियोगिताका तीन चरणका खेल आइतबार सम्पन्न भएका छन् ।

आइतबार सम्पन्न खेलमा सतप्रतिशत जित निकाल्दै काठमाडौंकी राधिका पौडेल र त्रियोगकी परिधि खत्रीले शीर्ष स्थानमा अग्रता कायम गरेका छन् ।

त्यस्तै, शान्तिनगरकी नेलिसा ओझा र अन्नपूर्णकी जैनव खातुनलगायतले पनि तीन–तीन अंक जोडेका छन् ।

प्रतियोगितामा कुल नौ चरणका खेल हुनेछन् । प्रतियोगिताको आयोजना काठमाडौं महानगरपालिका–२७ ले गरेको हो ।