न्यूरोडबाट ४० लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ, हुण्डी आशंका


काठमाडौं ।

काठमाडौंको न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्वरूपराज दवाडी रहेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई ४० लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त रकम हुण्डी कारोबारमा प्रयोग भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दवाडीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।