एक महिनाभित्र त्रिविको जग्गा खाली हुने दाबी

658
Shares

–ल्याब स्कुललाई त्रिविको चेतावनी ः विद्यार्थी लैजानुस्, नभए हामी चलाउँछौं
–कीर्तिपुर नगरपालिकासहित अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया तीव्र

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा एकमहिनाभित्र खाली हुने जनाएको छ । त्रिबिले जग्गा खाली गर्न नसकेको विषयमा आलोचना भैरहेको बेला रजिष्ट्रार महानन्द चालिसेले सो धारणा राख्नुभएको हो ।

उहाले पत्र दिएका सबै निकायमध्ये केहीले खाली गर्ने प्रकृया शरु गरेको र केहीले एक महिनाभित्र खाली गर्ने जानकारी दिएको बताउनुभयउो । भन्नुभयो–ल्याब स्कुलको विषयमा दुईवटा विकल्प दिएका छौ । पहिलो विकल्प विद्यार्थी, जनशक्ती र भौतिक संरचना सहित त्रिबिलाई जिम्मा दिएर त्रिबि आफैले विद्यालय सञ्चालन गर्ने, दोस्रो कुनै विद्यालयमा विद्यार्थी स्थानान्तरण गरेर जग्गा खाली गर्नेगरी पत्राचार गरेका छौ ।

पहिलो चरणमा खाली गर्न ताकेता गछौ, नभए काननी प्रकृयाबाट खाली गराउनेछौ–रजिष्टार चालिलेले नेपाल समाचारपत्रसंग भन्नुभयो । त्रिबिले केही खाली गर्न १८ निकायलाई पत्राचार गरेको ११ गते ३५ दिन पुगेको थियो । तैपनि खाली गर्न नसकेको विषयमा रजिष्टार चालिसेसंग सोधेका थियौ जग्गा कहिले खाली हुन्छ ? लगत्तै उहाको जवाफ थियो–अबको एक महिनाभित्र ।

त्रिबिले किर्तिपुर नगरपालिकालाई समेत खाली गर्न आग्रह गरेको थियो । त्यस विषयमा रजिष्टार चालिसेको भनाई थियो–उहाहरुलेपनि खाली गर्ने भन्नुभएको छ । उहाले नगरपालिकाले नया भवन तयार हुनासाथ त्रिबिको भवन खाली गर्ने जनाएको छ ।

वर्षौसम्म आफ्नो स्वामित्व हुनुपर्ने दाबी गर्ने राधास्वमाी धाम प्रशासनले आफ्ुनो भवनमा सुकुम्वासीको सेल्टर भएको कारण केहीदिन को समय माग गरेको त्रिबिले जनाएको छ । यसअघि त्रिबिले करिब दुईमहिना अघि बैशाख ४ गते सार्बजनिक सुचना जारी गरेपनि १७ निकायलाई ९ गतेको मिति राखेर पत्राचार गरेको थियो । त्रिबिको जग्गा अतिक्रमण गर्ने निकायको संख्या २२ छ । त्रिबिले महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र्रलाई पत्र पठाएको थिएन ।

रजिष्टार चालिसेले नेपाल प्राध्यापक संघ, त्रिबि कर्मचारी संघ लगायतलाई लिजमा दिएको जग्गा फिर्ता गर्ने क्रम जारी राखेको बताउनुभयो । सटरहरु खाली हुन थालेका छन्, पेट्रोलपम्प हटाउने तयारीमा छ ।

त्रिबि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले हामीले पत्राचार गरेका संस्था र पसलकवले खाली गर्ने प्रकृया शुरु गरेको जानकारी दिनुभयो । ३५ दिने सुचना जारी गरेको भोली २९ गते भन्नुभयो ३५ दिन पुग्छ । त्यसबेलामा सबै निकायले खाली गर्नेछन् । पत्र पठाएका मध्ये त्रिबि, कर्मचारी संघ, त्रिबि प्राध्यापक संघ र नेपाल प्राध्यापक संघले जग्गा फिर्ता दिने गरी पत्र पठाएको भएपनि बाकी निकायले आफ्नो दु्ःख देखाएर पत्राचार गरेका छन् ।

त्रिबिले पत्राचार गरेको निकायहरुमा ल्याबोरेटोरी माध्यमिक विद्यालय, बीपी कोइराला मेमोरियल प्लानेटोरियम एन्ड अब्जरभेटरी सेन्टर.नेपाल नेत्रज्योति संघ,आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग व्यास नेपाल,नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ र ग्लोबल आइएमई बैक छन् ।

त्यस्तै नेपाल क्रिकेट संघ,कृषि बागबानी केन्द्रकाठमाडौं उपत्यका खानेपानी लिमिटेड,कृषि बागबानी केन्द्र, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल बैक लिमिटेड, नेपाल विद्युत प्राधिकरण छन् ।

पत्र नपाठाएकालाई कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने त्रिबिका निमित्त रजिष्टार चालिसको भनाई थियो । त्रिबिको १ हजार ५ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका निकायले हडपेको पाईन्छ । त्रिबिको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ ।

त्रिविको ५ हजार ५० रोपनी क्षेत्रफल जग्गा थियो । तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको प्रतिवेदनमा उल्लेख छ । कीर्तिपुरमा मात्र ३ हजार ६१३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि मुस्किलले २ हजार ५ सय रोपनी जमिन त्रिविले भोगचलन गरेको प्रतिवेदनमा उल्लेख छ ।