काठमाडौं ।
विश्वकै सर्वाधिक प्रतीक्षित फुटबल प्रतियोगिता फिफा विश्वकप २०२६™ नजिकिँदै गर्दा नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म DGO ले फुटबलप्रेमी दर्शकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले विश्वकपका सबै १०४ खेल प्रत्यक्ष प्रसारण गर्ने घोषणा गर्दै मोबाइल प्रयोगकर्ताका लागि मात्र रु. ५४९ मा ‘मोबाइल पास’ उपलब्ध गराएको जनाएको छ।
DGO का अनुसार दर्शकहरूले मोबाइल फोनमार्फत नेपाली तथा अंग्रेजी दुवै भाषाको कमेन्टरीसहित १०८०p फुल एचडी गुणस्तरमा विश्वकपका सम्पूर्ण खेलहरू हेर्न सक्नेछन्। कम्पनीले पास खरिद प्रक्रिया पनि सहज बनाएको बताएको छ। प्रयोगकर्ताले DGO एपमार्फत केही क्लिकमै मोबाइल पास सक्रिय गर्न सक्ने जनाइएको छ।
कम्पनीका प्रवक्ताले नेपाली दर्शकलाई उत्कृष्ट खेल हेर्ने अनुभव प्रदान गर्ने उद्देश्यले किफायती मूल्यमा सेवा ल्याइएको बताए। उनका अनुसार दर्शकले कुनै तेस्रो पक्षको वेबसाइट वा शंकास्पद लिंकको भर नपरी आधिकारिक प्लेटफर्मबाट सुरक्षित रूपमा विश्वकपको मजा लिन सक्नेछन्।
DGO ले हाल विभिन्न अनधिकृत स्ट्रिमिङ प्लेटफर्म र एपहरूबाट सावधान रहन पनि आग्रह गरेको छ। यस्ता माध्यमले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ विवरण जोखिममा पार्न सक्ने भन्दै कम्पनीले आधिकारिक DGO एपमार्फत मात्र सेवा लिन अनुरोध गरेको छ।
विश्वकप २०२६ का खेलहरू प्रत्यक्ष प्रसारण गर्न DGO नेपालको आधिकारिक स्ट्रिमिङ साझेदार रहेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया