काठमाडौँ।
प्रतिनिधि सभाको बैठकमा बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन्। पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफूहरूलाई विभेद गरिएको आरोप लगाउँदै सदनमै उठेर आपत्ति जनाएका हुन्।
विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बोल्नेहरूको सूचीमा नाम नरहेका कारण बोल्न नदिएको स्पष्ट पारेका थिए। तर उक्त स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीले विरोध जारी राख्यो।
सांसदहरूले ‘विभेद गर्न पाइँदैन’, ‘बोल्ने अधिकार दे’ लगायतका नाराबाजी गर्दै बैठकमा अवरोध सिर्जना गरेका थिए। सभामुख अर्यालले भने आफ्नो कुरा सुन्ने धैर्यता नराखिएको भन्दै आपत्ति जनाएका छन्।











प्रतिक्रिया