समूह एल मा इंग्ल्यान्ड र क्रोएसियाबीच टक्कर हुने

470
Shares

इंग्ल्यान्ड

१९६६ को वल्र्डकप आयोजना गरेको इंग्ल्यान्डले त्यसबेला उपाधि नै जितेको थियो । यो उपाधि जितेपछि वल्र्डकपमा इंग्ल्यान्डले धाक जमाउने सक्ने धारणा पनि बनेको थियो । तर, त्यस्तो केही भएन । इंग्लिस टिम पहिलो उपाधि जितेपछि अहिलेसम्म फाइनलसम्म पनि पुग्न सकेको छैन । यसपछि दुई पटक १९९० र २०१८ मा सेमिफाइनल पुगेको इंग्ल्यान्डको अहिलेपनि फाइनल पुग्ने नै लक्ष्य रहेको छ ।

वल्र्डकप यात्राः

समुह चरणः १९५०, १९५८, १९८२, २०१४

अन्तिम १६ः १९९८, २०१०,

क्वार्टरफाइनलः १९५४, १९६२, १९७०, १९८६, २००२, २००६, २०२२

चौथो स्थानः १९९०, २०१८

च्याम्पियनः १९६६

क्रोएसिया

पछिल्ला दुई वल्र्डकपमा सानदार प्रदर्शन गरेको क्रोएसियालाई विपक्षी टिमहरूले हलुको लिन सक्ने स्थिति नै छैन । कुन बेला कस्तो खेल्छ त्यो विपक्षी टिमहरूलाई थाहा नै हुँदैन । गत वल्र्डकपमा पनि ब्राजिलविरुद्धको खेलमा नेयमारको गोलको जवाफ दिएर क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई पराजित गरेको थियो । यसपटक पनि क्रोएसियाले राम्रै गर्ने संभावना छ ।

वल्र्डकप यात्राः

समुह चरणः २००२, २००६, २०१४

तेस्रो स्थानः १९९८, २०२२

उपविजेताः २०१८

घाना

घानाले अफ्रिकी महादेशमा आयोजना भएको २०१० को वल्र्डकपमा क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो । यदि, यस वल्र्डकपमा घानाले उरुग्वेविरुद्धको पेनाल्टी नगुमाएको भए शायद सेमिफाइनल पनि पुग्ने थियो । त्यतिबेला घाना वल्र्डकप सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र हुने थियो । तर, दुर्भाग्य भएपछि घानाको यात्रा क्वार्टरफाइनलमै सकियो । यसपछि भने घानाको प्रदर्शनमा गिरावट आएको छ । गत वल्र्डकपमा समुह चरणबाटै बाहिरिएको यो अफ्रिकी टिमको लागि यस वल्र्डकपमा नकआउट पुग्न क्रोएसिया र इंग्ल्यान्ड जस्ता कडा प्रतिद्वन्द्वी टिमहरूलाई पन्छाउनु पर्ने ठूलो चुनौती हुनेछ ।

वल्र्डकप यात्राः

समुह चरणः २०१४, २०२२

अन्तिम १६ ः २००६

क्वार्टरफाइनलः २०१०

पानामा

पानामा दोस्रोपटक वल्र्डकपमा खेल्दैछ । यसअघि रसियामा भएको २०१८ को वल्र्डकपमा खेलेको पानामा त्यतिबेला समुह चरणबाटै बाहिरिएको थियो । यसपटक पनि पानामाको लागि सहज हुने छैन । टिमले तीन दिग्गज टिमहरू इंग्ल्यान्ड, क्रोएसिया र घानाको चुनौतीको सामना गर्नु पर्नेछ ।

वल्र्डकप यात्राः

समुह चरणः २०१८

समूह एल

देश खेल जित हार बराबर गोलअन्तर अंक

इंग्ल्यान्ड ० ० ० ० ० ०

क्रोएसिया ० ० ० ० ० ०

घाना ० ० ० ० ० ०

पानामा ० ० ० ० ० ०

असार ४ गते बिहान १ः४५ बजे इंग्ल्यान्ड – क्रोएसिया (एटिएन्डटी स्टेडियम)

असार ४ गते बिहान ४ः४५ बजे घाना – पानामा (बीएमओ फील्ड)

असार १० गते बिहान १ः४५ बजे इंग्ल्यान्ड – घाना (जिलेट स्टेडियम)

असार १० गते बिहान ५ः४५ बजे पानामा – क्रोएसिया (बीएमओ फील्ड)

असार १४ गते बिहान २ः४५ बजे क्रोएसिया – घाना (लिङ्कन फिनान्शल फील्ड)

असार १४ गते बिहान २ः४५ बजे पानामा – इंग्ल्यान्ड (मेटलाइफ स्टेडियम)