आगामी वल्र्डकपअन्तर्गत् समुह एच मा २०१० को वल्र्ड च्याम्पियन टिम स्पेनले नयाँ टिम केप भर्डेका साथै पूर्व वल्र्ड च्याम्पियन उरुग्वेको सामना गर्नेछ । तर, यो समुहमा अर्को टिम साउदी अरेबिया हुनाले मुख्यतया शीर्ष स्थानका लागि भिडन्त स्पेनको उरुग्वेसँग नै हुनेछ ।
स्पेन
स्पेन २०१० को वल्र्ड च्याम्पियन टिम हो । २००८ देखि २०१२ सम्म वल्र्ड फुटबलमा एकछत्र राज गरेको स्पेन केही समयदेखि खासै राम्रो नतिजा निकाल्न सकिरहेको छैन । स्पेन २००८ र २०१२ मा युरो च्याम्पियन तथा २०१० मा वल्र्ड च्याम्पियन भएको थियो । तर, २०१४ को वल्र्डकपमा समुह चरणबाटै बाहिरिएको स्पेन अहिलेसम्म पनि कुनै छाप छोड्न सकेको छैन । अघिल्लो वल्र्डकप २०२२ मा स्पेन नकआउट चरणमा पुगेको थियो । अबको वल्र्डकपमा स्पेनी टिमले कस्तो खेल्ने हो त्यो नकआउट चरणमा थाहा हुनेछ ।
वल्र्डकप यात्राः
समुह चरणः १९६२, १९६६, १९७८, १९८२, १९९८, २०१४
अन्तिम १६ः १९९०, २००६, २०१८, २०२२
क्वार्टरफाइनलः१९३४, १९८६, १९९४, २००२
चौथो स्थानः १९५०,
च्याम्पियनः २०१०
उरुग्वे
उरुग्वे १९३० र १९५० का वल्र्ड कपमा च्याम्पियन भएको थियो । अर्जेन्टिना र ब्राजिलले वल्र्ड फुटबलमा धाक जमाउनअघि साउथ अमेरिका महादेशबाट उरुग्वेको वर्चश्व थियो । उरुग्वेले १९३० को वल्र्डकप फाइनलमा अर्जेन्टिना र १९५० को वल्र्डकपमा ब्राजिललाई हराएर आफुलाई उत्कृष्ट साबित गरेको थियो । तर, पेलेको कारण ब्राजिल र म्याराडोनाको कारण अर्जेन्टिनाले प्रसिद्धि पाएपछि उरुग्वेको चमक विस्तारै कम भयो । पछिल्ला समयमा लुइस सुआरेजले यो टिमलाई केही प्रसिद्धि दिलाए ।
वल्र्डकप यात्राः
समुह चरणः १९६२, १९७४, २००२, २०२२
अन्तिम १६ः १९८६, १९९०, २०१४
क्वार्टरफाइनलः १९६६, २०१८
चौथो स्थानः १९५४, १९७०, २०१०
च्याम्पियनः २०३०, १९५०
साउदी अरेबिया
वल्र्डकपमा साउदी अरेबियाको उपस्थित रहनु नै ठूलो उपलब्धि भइरहेको छ । १९९४ मा पहिलोपटक वल्र्डकपमा खेलेको साउदी अरेबियाले उक्त सहभागितालाई ऐतिहासिक बनाएको थियो । उक्त वल्र्डकपमा साउदी टिम बेल्जियम र मोरक्कोलाई हराएर नकआउट चरण पुगेको थियो । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेपछि साउदीमाथि सबैको विश्वास रह्यो कि अब आउने वल्र्डकपमा त्योभन्दा राम्रो प्रदर्शन गर्नेछ । तर, यसो भएन पछिका सबै सहभागिता टिमको लागि समुह चरणसम्मै सीमित रह्यो । यसपटक टिमको लागि फेरि एकपटक समुह चरण पार गर्ने अवसर रहेको छ ।
वल्र्डकप यात्राः
समुह चरणः १९९८, २००२, २००६, २०१८, २०२२
अन्तिम १६ः १९९४
केप भर्डे
केप भर्डे उनीहरूको फुटबल इतिहासमा पहिलोपटक वल्र्डकपमा छनोट भएको हो । वल्र्डकप जस्तो प्रतिष्ठित प्रतियोगितामा खेल्नु नै करिब ६ लाखको जनसंख्या रहेको यो राष्ट्रको लागि ठूलो उपलब्धि हुनेछ । उनीहरूका लागि नतिजाको कुनै मतलब हुने छैन । केप भर्डेले समुहमा दुई वल्र्ड च्याम्पियनहरू स्पेन र उरुग्वेसँग खेल्ने सौभाग्यको विषय भएको टिमका कोच बुबिस्टाले पहिल्यै बताइसकेका थिए । तर, उनले एक जित हासिल गर्ने लक्ष्य लिएको पनि बताएका थिए ।












प्रतिक्रिया