छानबिनपछि गृहमा गुरुङको पुनरागमन


काठमाडौं ।

छानबिन समितिबाट क्लीन चिट पाएपछि सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। उनको सपथग्रहण आज अपराह्न ३ बजे हुने तयारी गरिएको छ।

विभिन्न विवादका कारण यसअघि पदबाट राजीनामा दिएका गुरुङलाई छानबिन प्रतिवेदनपछि सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागेको हो। सपथका लागि राष्ट्रपति कार्यालयमा आवश्यक प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।