वर्ल्डकप २०२६: समूह जी मा बेल्जियम शसक्त टिम

0
Shares

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा वर्ल्डकपको मिति पनि नजिकिँदैं छ । ४८ राष्ट्र सहभागि हुने यस प्रतियोगिता इतिहासकै सबैभन्दा भव्य हुने पनि देखिन्छ । ४–४ टिम लाई १२ समूहमा विभाजित गरिएको छ । यसै क्रममा समुह जी मा चार टिममा बेल्जियम, न्युजील्यान्ड, इरान र इजिप्ट सामेल छन् । यसमध्ये वल्र्डकपमा अनुभव धेरै प्राप्त गर्ने टिम बेल्जियम नै हो ।

बेल्जियम

वर्ल्डकपमा बेल्जियमको उपस्थित शसक्त टिमहरूका लागि टाउको दुखाई नै हुने गर्दछ । बेल्जियम एक शसक्त टिम भएपनि अहिलेसम्म वल्र्डकप फाइनल भने खेल्न पाएको छैन । टिम दुई पटक फाइनल पुग्न नजिक पुगेको थियो । १९८६ र २०१८ को वल्र्डकपमा बेल्जियमले सारा दर्शकको ध्यान खिँचेको थियो । तर, बलियो देखिए पनि टोलीको यी दुबै वर्ल्डकपमा यात्रा सेमिफाइनलसम्म मात्रै रह्यो । २०१८ को वल्र्डकपमा सानदार प्रदर्शन गरेको बेल्जियम ४ वर्षपछि कतारमा भएको वल्र्डकपमा समूह चरणबाटै बाहिरिएर निरास हुनुपरेको थियो ।

वर्ल्डकप यात्रा :

समुह चरण ः १९३०, १९५४, १९७०, १९८२, १९९८, २०२२

अन्तिम १६ः १९३४, १९३८, १९९०, १९९४, २००२

क्वार्टरफाइनलः २०१४

चौथो स्थानः १९८६

तेस्रो स्थानः २०१८

इरान

वर्ल्डकपमा इरानको उपस्थित खालि स्थान भर्नु जस्तै भइरहेको छ । इरानले जति पनि वल्र्डकप खेल्यो ती सबैमा समुह चरणसम्म मात्रै यात्रा बनेको छ । यसपटक पनि इरानको लागि कठिन त देखिएको छ । तर, पनि एक जित जितेमा अन्तिम १६ मा जान सक्ने संभावना पनि त्यतिकै छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि अहिले इरान र सहआयोजक अमेरिकाबीचको सम्बध चिसो पनि बनेको छ । यस्तो कठिन अवस्थामा इरानले अमेरिकामा कस्तो प्रदर्शन गर्नेछ त्यो हेर्न बाँकी नै छ ।

वर्ल्डकप यात्रा :

समूह चरण ः १९७८, १९९८, २००६, २०१४, २०१८, २०२२

इजिप्ट

इजिप्टको फुटबल टिम एउटै खेलाडीको कारण चिनिन्छ । ती खेलाडी हुन् मोहम्मद सालाह । सालाह इजिप्ट फुटबलका मेसी भनेर पनि परिचित छन् । यसैले इजिप्टको खेलमा सबैको ध्यान केन्द्रित हुनेछ । तर, सालाह टिममा भएपनि इजिप्टले वल्र्डकपमा राम्रो प्रदर्शन गर्न भने सकेको छैन । उनको उपस्थितमा २०१८ मा वल्र्डकपमा छनोट भएको थियो । तर, सालाहकै योगदान भएपनि गत कतार वल्र्डकपमा टिम छनोट हुन असफल भएको थियो । यसपटक छनोट भएको छ र यो सालाहका लागि अन्तिम वल्र्डकप पनि हो । यस कारण इजिप्टले पहिले त समुह चरण पार गर्न नै मेहनत गर्नेछ ।

वर्ल्डकप यात्रा :

समूह चरण : १९९०, २०१८

न्युजील्यान्ड

न्युजील्यान्डको यो तेस्रो वल्र्डकप सहभागिता हो । गत २०१० को वल्र्डकपमा सहभागितापछि छनोट हुन नसकेको न्युजील्यान्ड यसपटक भने छनोट हुन सफल भयो । फुटबल विज्ञहरूको अनुसार समुहमा न्युजील्यान्डलाई कमजोर टिम मानिएको छ ।

वर्ल्डकप यात्रा :

समूह चरण : १९८२, २०१०

असार २ गते राति १२ः४५ बजे बेल्जियम – इजिप्ट (लूमन फील्ड)


असार २ गते बिहान ६ः४५ बजे इरान – न्युजील्यान्ड (सोफी स्टेडियम)


असार ८ गते राति १२ः४५ बजे बेल्जियम – इरान (सोफी स्टेडियम)


असार ८ गते राति ६ः४५ बजे न्युजील्यान्ड – इजिप्ट (बीसी प्लेस)


असार १३ गते राति ८ः४५ बजे इजिप्ट – इरान (लूमन फील्ड)


असार १३ गते राति ८ः४५ बजे न्युजील्यान्ड – बेल्जियम (बीसी प्लेस)