चौथो सांग्रिला साइकल र्‍याली सम्पन्न, १५ सय सहभागी


काठमाडौं । 

विश्व वातावरण दिवसको अवसरमा सांग्रिला विकास बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍ याली सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँमा आयोजित १४ किलोमिटर लामो र्‍यालीमा करिब १,५०० जनाको सहभागिता रहेको थियो।

गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको ¥याली विभिन्न प्रमुख क्षेत्रको परिक्रमा गर्दै पुनः सोही स्थानमा सम्पन्न भएको थियो। कार्यक्रममा बैंककी सञ्चालक समिति सदस्य लिसा शेरचन ले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने लक्की ड्र विजेता अञ्जु पराजुली लाई प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ ले साइकल हस्तान्तरण गर्नुभएको थियो।

वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले २०७९ सालदेखि नियमित रूपमा साइकल र्‍याली आयोजना गर्दै आएको छ।