जेठ २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल


मेष : समय अनुकूल भएकाले स्वस्थता, वस्तु वा सेवा लाभ, द्रव्य लाभ, उत्तम भोजन होला ।

वृष : तपाईंका लागि दिन शुभ छ । राज्यसुख, राजनीतिमा सफलता, कार्य सिद्धि होला ।

मिथुन : रोगव्याधिको भय, धन नाश, हुन सक्छ । अपराह्नपछि भने सुख–सन्तोष हुने देखिन्छ ।

कर्कट : समस्या सुल्झने, मान–सम्मान देखिन्छ । बेलुकातिर भने रोगव्याधि, संकट हुन सक्छ ।

सिंह : समय अनुकूल भएकाले आर्थिक लाभ, सफलता, प्रतिस्पर्धामा विजय, प्रतिष्ठामा वृद्धि होला ।

कन्या : तपाईंका लागि दिन शुभ फलदायक छ । कार्य सिद्धि, सुख–सन्तोष, शत्रु विजय होला ।

तुला : शुरुमा पेट गडबड, विवाद भए पनि बेलुकातिर कार्य सफल, तनाव मुक्त हुने देखिन्छ ।

वृश्चिक : समय अनुकूल भएकाले धन–प्रतिष्ठा वृद्धि, कार्य सफल तर बेलुकीपख तनाव होला ।

धनु : समय शुभ छ । आर्थिक–पराक्रम वृद्धि, उन्नति–प्रगतिको अवसर, प्रसन्नता होला ।

मकर : समय बलवान् भएकाले खाद्यान्न प्राप्ति, आर्थिक लाभ, कार्य सफल हुने देखिन्छ ।

कुम्भ : धन नाश, कार्य बाधा हुन सक्छ । बेलुकीपख भने सुख, उपहारादि वस्तु प्राप्ति होला ।

मीन : मिष्ठान्न भोजन, द्रव्य लाभ हुने देखिन्छ । बेलुकीपख भने दुर्घटनाको भय, खर्च हुन सक्छ ।