पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीका १४० ऋणीको नाम सार्वजनिक (सूचीसहित)


काठमाडौं ।

सरकारले समस्याग्रस्त घोषणा गरिएको पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १४० जना ऋणीहरूको विवरण सार्वजनिक गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण अभिलेखका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरेको जनाएको छ। समितिले ऋण भुक्तानी गर्न बाँकी रहेका सबै ऋणीलाई कार्यालयमा सम्पर्क गरी यथाशीघ्र बक्यौता रकम चुक्ता गर्न आग्रह गरेको छ।

समितिले तोकिएको अवधिमा ऋण नतिरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ।

यस्तै, विगतमा ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा आफ्नो नाम परेको देखिएमा सम्बन्धित व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।

समितिका अनुसार सहकारीको बक्यौता रकम असुल गरी बचतकर्ताको रकम फिर्ता गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।