फ्रेन्च फ्राई :
फ्रेन्च फ्राइज वास्तवमा बेल्जियमबाट आएको हो धेरै मानिसले फ्रेन्च फ्राइज फ्रान्समा बनेको परिकार हो भन्ने सोच्छन्। तर इतिहासकारहरूका अनुसार यसको सुरुवात बेल्जियममा भएको थियो। बेल्जियमका मानिसहरूले साना माछा फ्राइ गर्ने चलनको विकल्पका रूपमा आलु काटेर फ्राइ गर्न थालेका थिए। पछि यो परिकार विश्वभर लोकप्रिय बन्यो।
न्युटेला :
प्रत्येक २.५ सेकेन्डमा एउटा न्युटेला जार बिक्री हुन्छ न्युटेला हेजलनट र चकलेटबाट बनेको प्रसिद्ध स्प्रेड हो। यसको लोकप्रियता यति धेरै छ कि विश्वभर केही सेकेन्डको अन्तरालमै नयाँ जार बिक्री भइरहन्छ।
चारकुने तरबुजा :
जापानमा चौकोर तरबुजा उत्पादन गरिन्छ। जापानी किसानहरूले तरबुजालाई विशेष बाकसमा राखेर हुर्काउँछन्। फलस्वरूप तरबुजा चौकोर आकारको बन्छ। यसले भण्डारण र ढुवानी सजिलो बनाउँछ, यद्यपि यस्ता तरबुजा प्रायः सजावटका लागि प्रयोग गरिन्छ।
पैसाको रुपमा चकलेट :
मध्य अमेरिकाको एज्टेक सभ्यतामा कोकोका बीउ अत्यन्त मूल्यवान् मानिन्थे। मानिसहरूले ती बीउ प्रयोग गरेर सामान किनबेच गर्थे। त्यसैले चकलेटको मुख्य कच्चा पदार्थ कुनै समय मुद्रा थियो।
चीजका प्रकार :
चीज विभिन्न देश, दूधको प्रकार, उत्पादन विधि र परिपक्वताको आधारमा फरक–फरक हुन्छ। विश्वमा दुइ हजार भन्दा बढि प्रकारका चीज पाईन्छ । फ्रान्स, इटाली र स्विट्जरल्याण्ड चीज उत्पादनका लागि विशेष प्रसिद्ध छन्।
केचप :
आजको टमाटरयुक्त केचप सुरुमा चीन र दक्षिणपूर्वी एसियामा प्रयोग हुने माछा र मसला मिसाइएको तरल ससबाट विकसित भएको मानिन्छ।

भ्यानिला :
भ्यानिला संसारकै लोकप्रिय स्वादमध्ये एक हो। यो विशेष प्रकारको अर्किड बिरुवाको फलबाट निकालिन्छ। भ्यानिला उत्पादन श्रमसाध्य भएकाले यसको मूल्य पनि उच्च हुन्छ।











प्रतिक्रिया