काठमाण्डौँ
विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस (ब्ष्चदगक) र नेपालको सबैभन्दा ठूलो सार्वजनिक विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि महत्वपूर्ण सम्झौता भएको छ । दुवै संस्थाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै शिक्षा, अनुसन्धान तथा प्रविधि विकासमा सहकार्य अघि बढाउने सहमति गरिएको हो ।
यस सहकार्यको उद्देश्य नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग–अनुभवका अवसरहरू विस्तार गर्नु रहेको छ । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, एआई÷एमएल एड्भान्स्ड एनालिटिक्स तथा साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिहरूमा दक्षता विकास गर्न सहयोग गरिनेछ ।
समझदारीपत्रमा एयरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक जर्गेन वेस्टरमायर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले हस्ताक्षर गरे। कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्तेभाल तथा विभिन्न सरकारी अधिकारी र एयरबसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जर्गेन वेस्टरमायरले नेपालमा दक्ष जनशक्ति विकासका लागि एयरबसले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञता साझा गर्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले यस सहकार्यले नेपालको उड्डयन तथा एयरोस्पेस क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले एयरबसजस्तो विश्वस्तरीय कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रम सुधार गर्न, विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न तथा नेपालको उड्डयन क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
समझदारीअनुसार दुवै संस्थाले अनुसन्धान, तालिम तथा शैक्षिक कार्यक्रमहरूमा संयुक्त रूपमा सहकार्य गर्नेछन् । साथै विद्यार्थीहरूका लागि इन्टर्नशिप, प्लेसमेन्ट, वर्कशप, कन्फ्रेन्स तथा अन्य प्राविधिक कार्यक्रम सञ्चालन गर्ने सम्भावनाबारे पनि संयुक्त रूपमा काम गरिनेछ ।











प्रतिक्रिया