उपसभामुखसँग किशोरी कार्यक्रम संचालन गर्ने

0
Shares

उदयपुर ।

कोशी प्रदेशसभाकी उप सभामुख सिर्जना दनुवारले उपसभामुखसँग विद्यार्थी कार्यक्रम संचालन गरिसकेको र अव कशिारीहरु उपरहुने हिंसा न्युनिकरणकालागि उपसभामुखसँग किशोरी कार्यक्रम संचालन गर्ने योजना रहेको बताउनु भएको छ ।


शनिबार उदयपुरको गाईघाटमा ८ औ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित रेडियो उदयपुर १०२.४ मेघाहर्जको १८ औँ वार्षिकोत्सवको कार्यक्रम तथा हिंसा न्युनिकरण गर्न किशोरीहरुकालागि आयोजित डिजिटल सुरक्षा अभियान कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी उप सभामुख दनुवारले अहिले सामाजिक संजालमा किशोरीहरुमाथि हुने हिंसाले समाजमा विकृति ल्याएको र यसले समाजलाई नराम्रो असर गरेको बताउनु भयो ।

उदयपुरमा डिजिटल सुरक्षा अभियान प्रारम्भ भएको घोषणा गर्दै उपसभामुख दनुवारले महिला युवा र पुरुष युवाको सहभागिताले डिजिटल हिंसालाई न्युनिकरण गर्न किशोरीहरुलाई पनि हिंसाका बारेमा र समाजमा हुने धेरै प्कारका हिंसाबाट बच्न मद्दत पुग्ने बताउनु भयो ।
महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरकी अध्यक्ष ज्योति दनुवारको अध्यक्षतामा भएको सो कार्यक्रममा बेलका नगरपालिकाकी उप प्रमुख जिरा राईले डिजिटल रुपमा हुने हिंसाले समाजमा र परिवारमा प्रभाव पार्ने भएकोले हिंसा न्युनिकरणमा हामी सबैले सहयोग गर्नु पर्ने बताउँदै राष्ट्रिय युवा नीति अनुसार हिंसा न्युनिकरणमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले डिजिटल सुरक्षा अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग कर्ता आफैले सावधानी अपनाउन सकेन भने समस्या आउने हुँदा आफू सुरक्षित भएर डिजिटल प्रविधिको प्रयोग गर्नु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा र महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको आयोजनामा भएको सो कार्यक्रममा प्रहरी उपरिक्षक एवम् जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रमुख राजन चपागाईले डिजिटल प्लेट फर्मबाट हिंसाका घटना हुने गरेको र जिल्ला प्रहरी कार्यालयमा यस्ता खाले साइबर अपराध सम्बन्धी उजुरीहरु आउने गरेको बताउनु भयो ।

उक्त कार्यक्रममा महिला सशक्तिकरण श्रोत केन्द्र्रकी कार्यकारी र्निेर्देशक बन्दना दनुवारले यो कार्यक्रम उदयपुरको चार नगरपालिकामा संचालन गरिएको जानकारी दिंदै सामाजिक संजालमा महिला तथा किशारीहरु उपर हुने हिंसाकजानकारी सहित सुरक्षाका उपाय बारेमा स्पष्ट धारणा बनाउन डिजिटल सुरक्षा अभियान प्रारम्भ गरेको बताउनु भयो ।

कार्यक्रममा महिला पुनस्र्थापना केन्द्र उदयपुरकी प्रमुख बाला कार्की, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, सामाजिक अभियन्ता राहुल यादव,महिला अधिकार कर्मी नजवुल खान, गैरसरकारी संस्था राष्ट्रिय महासंघका केन्द्रीय सदस्य सुमन परियार लगायतका वक्ताहरुले शुभकामना मन्तव्य सहित आ आप्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा डिजिटल हिंसाका विरुद्धमा छोटो नाटक मंचन गरिउको थियो । सो अवसरमा सामाजिक अभियन्ता राम बस्नेतले रचना गरेर संगीत भरेको र विनोद दनुवार रचना रिमालको स्वरमा रेकर्ड गरिउको गीत पनि सार्वजनिक गरिएको थियो भने किशारीहरु डिजिटल हिंसमाा कसरी परिरहेका छन भन्ने बारेमा सार्वजनिक गरिएको गीतलाई नाटकशैलीमा प्रस्तुत गरिएको थियो ।