काठमाडौं ।
मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले सरकारी कर्मचारीहरुको तलब ५७ प्रतिशतसम्म वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि समितिले सरकारलाई यस्तो सुझाव दिएको हो । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ ।
समितिले बढ्दो महँगी, बजार मूल्य र कर्मचारीहरुको जीवनयापन खर्चलाई आधार मानेर न्यूनतमदेखि अधिकतम तहसम्मको तलब पुनरावलोकन गर्न सुझाव दिएको जनाएको छ ।











प्रतिक्रिया