चीफ जस्टिसको टिप्पणीमा बनेको ककरोच पार्टी


एजेन्सी

भारतमा अहिले नयाँ राजनीतिक पार्टीको जन्म भएको छ । त्यसो त कुनै आन्दोलन भएर मात्रै राजनीतिक पार्टीहरूको स्थापना हुने चलन छ । तर, यो नयाँ राजनीतिक पार्टीको स्थापना भने सोसल मिडियाबाट भएको हो । यही मे १६ मा अचानक पार्टी स्थापना भयो र यसको नाम राखियो ककरोच जनता पार्टी (सीजेपी) ।

यो पार्टीको स्थापना कटाक्ष गर्ने अनलाइन प्रोजेक्टको रूपमा भएको हो । १५ मेमा भारतको सुप्रिम कोर्टका चीफ जस्टिस सूर्यकान्तले एक मुद्दाको सुनुवाई गर्दै बताएका थिए—समाजमा पहिलेदेखि नै यस्तो परजीवी छ जो व्यवस्थामाथि हमला गर्ने गर्दछ । के तपाई पनि उनीसँग जुध्न चाहनुहुन्छ ? कोही युवा यस्ता छन्, जो बेरोजगार छन् र कुनै काममा स्थान बनाउन नसकेर ककरोच जस्तै हरेकतिर फैलिन्छ ।

जस्टिस सूर्यकान्तको यस टिप्पणीको धेरै आलोचना भयो । आलोचनापछि जस्टिस सूर्यकान्तले स्पष्टीकरण दियो र भने की टिप्पणीलाई गलत ढंगले पेश गरेको छ । उनले बताए–मलाई यो देखेर दुःख भयो कि मिडियाको एक वर्गले एक निरर्थक मुद्दाको सुनुवाईको दौरानमा गरिएको मेरो मौखिक टिप्पणीहरूको गलत ढंगबाट पेश गरियो । मैले विशेष रूपमा ती मान्छेहरूको आलोचना गरेको थिएँ, जसले फर्जी र नक्कली डिग्रीको सहयोगमा बार (कानून पेशा) जस्ता क्षेत्रहरूमा प्रवेश गरे । यस्ता मान्छेहरू मिडिया, सोशल मिडिया र अन्य सम्मानित पेशाहरूमा पनि घुसेका छन् । यसैले उनीहरू परजीवीहरू जस्तै हुन् ।

तर यो भनुन्जेल ककरोच भारतको राजनीतक बहसमा सामेल भइसकेको थियो । ३० वर्षका अभिजीत दीपकेले एक्समा एक गूगल फर्म पोस्ट गरे । जसमा मान्छेहरूलाई ककरोच जनता पार्टीमा रजिस्टे«शनको लागि आमन्त्रित गरिएको थियो । आवेदन माँगेको केही घण्टामै अभिजीतलाई ५ हजारभन्दा बढी रजिस्टे«शन प्राप्त भयो र इन्टरनेटमा रमाईलो गर्ने अभियान बिस्तारै विस्तारै सार्वजनिक असन्तोष, हास्य र राजनीतिक हताशालाई अभिव्यक्ति गर्ने एक अनौपचारिक संगठनमा परिवर्तन भयो ।

अभिजीत हाल अमेरिकामा बोस्टन यूनिभर्सिटीबाट पब्लिक रिलेशनमा मास्टर्स गरिरहेका छन् । उनले यसबारे बताए–ककरोच युवाहरूको ती असहमतिका भावलाई व्यक्त गर्दछ । जो माननीय मुख्य न्यायाधीशको त्यो बयानको विरुद्ध हो, जसमा उनले युवाहरूलाई ककरोच र परजीवी बताएका थिए । भारत जस्तो लोकतन्त्रमा यो स्वीकार्य हुँदैन ।

बीजेपी नै पछाडि प¥यो

ककरोच जनता पार्टीको फ्लोअर्स हेर्दाहेर्दै लाखौंमा पुगेको छ । इन्स्टाग्राममा त ककरोच जनता पार्टीका फ्लोअर्स २ करोडको नजिक पुगेको छ । यो संख्या भारतको सत्ताधारी पार्टी बीजेपीको फ्लोअर्सभन्दा दोब्बर हो । यो भारतमा मात्रै होइन, अन्तर्राष्ट्रिय मिडियामा पनि यसमाथि खास चर्चा भइरहेको छ ।

ब्रिटिश न्यूज वेबसाइट द गार्डियनले २१ मेलाई ककरोच जनता पार्टीबारे एक कथा नै प्रकाशित गरिएको छ । गार्डियनले रिपोर्टमा लेखेको छ—ककरोच जनता पार्टीलाई लाखौं भारतीय युवाहरू आफनो निरासा र रिसलाई व्यक्त गर्ने माध्यमको रूपमा अपनाइरहेका छन् । भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अव्यवस्थाको व्यंग गर्ने मीम्स र छोटो भिडियो सोशल मिडियामा भर पर्नु पर्ने अवस्था भएन । अब, लाखौं यूजर्स ककरोचलाई संघर्ष र टिकि रहनेको प्रतीकको रूपमा व्यंग्यात्मक अंदाजमा अपनाइरहेको हो ।

यूएईको न्यूज वेबसाइट खलीज टाइम्सले पनि सीजेपीमा एक रिपोर्ट प्रकाशित गरेको छ । खलीज टाइम्सले आफ्नो रिपोर्टमा लेखेको छ—त्यसो त यो आन्दोलनको नाम कुनै राजनीतिक पार्टी जस्तै छ । तर, लाग्दैन कि यो पार्टीले चुनाव लड्नेछ ।