७ पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान र पुरस्कार


चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर गत बिहीवार आप्mना सदस्यहरुलाई चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

संघको स्थापना दिनलाई पारेर हरेक वर्ष जेठ ७ गते मनाइँदै आइएको चलचित्र पत्रकारिता दिवस र संघको २७औ“ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ नगद ५५ हजार ५ सय ५५ रुपिया“सहित पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिएको छ। राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान स्व. दिनेश सिटौलालाई प्रदान गरिएको छ भने राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ जयन सुब्बा मानन्धर र कुबेर गिरीलाई प्रदान गरिएको छ।

संघका पूर्व अध्यक्ष दिनेश सिटौलाको नामबाट नामकरण गरिएको स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ नगद ५१ हजार ५ सय ५५ रुपिया“सहित सुरक्षा भट्टराईलाई प्रदान गरिएको छ भने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ नगद ५१ हजार ५ सय ५५ रुपिया“सहित वैकुण्ठराज पराजुली र राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार नगद २५ हजार रुपिया“सहित मिलन ढुंगानालाई प्रदान गरिएको छ। सम्मानित र पुरस्कृत पत्रकारहलाई विभिन्न उपहारसमेत प्रदान गरिएको थियो। सम्मान र पुरस्कार प्रमूख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेताहरु राजेश हमाल, निखिल उप्रेती, पल शाह, अभिनेत्रीहरु भुवन चन्द थापा, चैत्य देवी, वसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा, सुरक्षा पन्त, संघका अध्यक्ष्ँ समिर बलामी, पूर्व अध्यक्षहरु विदुर गिरी, शान्तिप्रिय र सन्दिप सापकोटालगायतले प्रदान गरेका थिए।

समारोहमा बोल्दै ख्यातिप्राप्त अभिनेता राजेश हमालले चलचित्र पत्रकार संघले आयोजना गरेको यस्ता कार्यक्रमले आपसी सम्बन्धलाई अझ प्रष्ट बनाउने बताए। उनले सुरुवाती समयमा अन्य देशको तुलनामा नेपालमा चलचित्र पत्रकारिता छोटो भए पनि केही चलचित्र पत्रिकाले दर्शकमाझ महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। साथै, स्वर्गीय दिनेश सिटौलासगको आत्मीय सम्बन्ध सम्झ“दै उनको निधनले आफूलाई निकै दुःखी बनाएको बताए। अभिनेत्री करिश्मा मानन्धरले आफ्नो समयको फिल्मी पत्रिका कामनाको चर्चा गर्दै फिल्म पत्रकार र कलाकार स“गस“गै अघि बढ्ने क्रममा दुवै पक्षबाट त्रुटि भए पनि सिक्दै अघि बढेको बताइन्।

अभिनेता निखिल उप्रेतीले कलाकार र पत्रकारबीचको सम्बन्धबारे चर्चा गर्दै फिल्म क्षेत्रमा परिवर्तन आवश्यक रहेको र त्यसका लागि फिल्म पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए। अभिनेत्री रेखा थापाले चलचित्र पत्रकार र कलाकार एकअर्काका परिपूरक भएको जनाउ“दै फिल्म क्षेत्रलाई अगाडि बढाउन पत्रकारहरूले निरन्तर खबरदारी गर्नुपर्ने बताइन्।

प्रमुख अतिथि डीसीले कामनाजस्ता सिने पत्रिकाले नेपाली फिल्म पत्रकारितामा दिएको योगदान र त्यसको विश्वसनीयताबारे चर्चा गर्दै पछिल्लो समयको डिजिटल युगमा पत्रकारहरू सचेत हुनुपर्ने जनाए। संघका अध्यक्ष समीर बलामीले पछिल्लो समय चलचित्र पत्रकारिताको अवस्थाबारे चर्चा गर्दै आगामी दिनमा यस क्षेत्रमा रहेका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए।

संघकी उपाध्यक्ष दीपज्योति थापाले स्वागत मन्तव्य प्रस्तुत गर्दै समाचार संकलन मात्र नभई सभ्य समाज निर्माणमा चलचित्र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताइन्। कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले मन्तव्य राखेका थिए भने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले चलचित्र पत्रकार र कलाकारबीचको सम्बन्ध मुटु र ढुकढुकीजस्तै भएकाले एकअर्काको अस्तित्वका लागि सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए। चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले आफू नेता नभई कार्यकर्ताका रूपमा निर्देशक समाजमा आएको र यस क्षेत्रको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए। पत्रकार ऋषि धमलाले आफूले पनि कुनै समय फिल्म पत्रकारका रूपमा काम गरेको अनुभव सुनाउ“दै कुनै पनि क्षेत्रमा २७ वर्ष लामो समय हुने बताए।

समारोहमा प्रथम अभिनेत्री भुवन चन्द, चैत्यदेवी, हास्य अभिनेत्री वसुन्धरा भुसाललगायतले पनि मन्तव्य राखेका थिए। संघका पूर्वअध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारहरूको कामको मूल्यांकन हुनुपर्छ भन्ने अवधारणाले अघि बढेको र त्यो सफल भएको बताए।
संघका महासचिव गोपीकृष्ण चापागाईंले सञ्चालन गरेको समारोहमा मोडल अस्मिता पुरीले गैरी खेतको शिरै हान्यो बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने द भ्वाइसका विजेता प्रोसेस पाण्डेले गीत प्रस्तुत गरेका थिए। समारोहमा संघद्वारा प्रकाशित क्यालेन्डर सार्वजनिक गरिएको थियो भने समारोह सफल बनाउन सहयोग गर्ने विभिन्न संघ–संस्था तथा व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो।