इलाममै हल खुलेपछि लालीबजारमा रमाए दर्शक


इलाम, (नेस)। पूर्वी पहाडी जिल्ला इलाममा व्यवस्थित सिनेमा हल नहुँदा नयाँ फिल्म हेर्न दर्शक झापासम्म पुग्नुपर्ने अवस्था थियो। तर हालै सञ्चालनमा आएको फ्रेन्ड्स सिनेमाले इलामेली दर्शकलाई आप्mनै जिल्लामै नयाँ नेपाली फिल्म हेर्ने अवसर दिएको छ।

यहाँ हल सञ्चालनमा आएपछि लालीबजारप्रति इलाममा उत्साहजनक माहोल देखिएको छ। अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रविन्द्रसिंह बानियाँ र निर्माता प्रदीप भट्टराईसहितको टोली हल पुगेपछि दर्शकको भीड अझ बढेको छ। कलाकारहरुको उपस्थितिस“गै दर्शक रौनकता थपिएकाले राति ८ बजेको शो हाउसफूल भएपछि हल व्यवस्थापनले राति १०ः४५ बजे अतिरिक्त शो नै थप्नु परेको छ। हल सञ्चालक पुष्कर घिमिरेका अनुसार इलाममा विशेषगरी युवा पुस्ता र पारिवारिक दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ। कलाकार स्वयं दर्शकमाझ पुग्दा नेपाली फिल्मप्रति आत्मीयता र आकर्षण झन् बढेको उनले बताए।

दर्शकले फिल्मलाई भावनात्मक र यथार्थपरक भन्दै प्रशंसा गरेका छन्। बादी समुदाय, महिलाको संघर्ष र आमाछोरी सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको प्रतिक्रिया आएको छ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको लालीबजारले देशभर सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ।

गत वैशाख २५ देखि रिलीजमा आएको फिल्मले तेस्रो सातामा प्रवेश गर्दै ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनि षट्कोण आट्र्सले जनाएको छ। कम्पनिका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११ः५९ सम्ममा उक्त ग्रस कलेक्सन गरेको हो। लालीबजार पछिल्लो समय विद्यालयले आप्mनो विद्यार्थीलाई देखाउन थालेका छन्। काठमाडौँसँगै विभिन्न जिल्लाका केही हलमा विद्यार्थीलाई विद्यालयले हल पु¥याएर फिल्म देखाउन थालेका हुन्। फिल्मले दिएको सन्देशले शिक्षाको महत्वलाई दर्शाएका कारण विद्यार्थीलाई फिल्म देखाइएको विद्यालयले जनाएका छन्।