गायिका ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक गरिएको छ।
ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ। अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जमेन्ट सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।
म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन्।
भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र गायिका बरालले नृत्य तथा अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका छन्।
लोक पप, आधुनिक र ¥याप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो। उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसम बोलका गीत चर्चामा छन्। गीत ईश्वरी बराल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया