सभामुखको भूमिकामाथि सांसद राईको प्रश्न


काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद निस्कल राई ले प्रतिनिधिसभामा सभामुख डीपी अर्याल को भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबारको बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुख निष्पक्ष नदेखिएको टिप्पणी गरे।

राईले केही बैठकदेखि श्रम संस्कृति पार्टीका हर्क साम्पाङ ले प्लेकार्ड प्रदर्शन गर्दा सभामुखले अमर्यादित भनेकोप्रति आपत्ति जनाए। उनले विगतमा रास्वपाका सांसदहरूले निलो स्कार्फ बाँधेर संसदमा आएको प्रसंग स्मरण गर्दै अहिलेको कदमलाई मात्र अमर्यादित भन्न नमिल्ने बताए।

उनले संसदको मर्यादा कायम राख्ने जिम्मेवारी सभामुखकै भएको पनि उल्लेख गरे।