पोखराको फेवातालमा डुबेर युवकको मृत्यु


काठमाडौं । 

पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला निवासी अन्दाजी २७ वर्षीय रिवाज गुरुङ रहेका छन्।

गुरुङ हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएको खबरपछि सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ३:३५ बजे गुरुङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।