वर्षा र पहिरोले मुख्य राजमार्ग प्रभावित


काठमाडौँ ।

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

भोजपुर र सङ्खुवासभामा मध्यपहाडी लोकमार्ग तथा कोशी राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् भने काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ।

यस्तै, लमजुङमा मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध हुँदा म्याग्दीको बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा छ। हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा पनि पहिरोको जोखिमका कारण यातायात बन्द गरिएको प्रहरीले जनाएको छ।